घरपझोङका अध्यक्ष लालचनसहित सात जुवाडे १ लाख ७५ हजार धरौटीमा छुटे

पाेखरा | भदौ १३, २०८०

घरपझोङका अध्यक्ष लालचनसहित सात जुवाडे १ लाख ७५ हजार धरौटीमा छुटे

पोखरा:  पोखरा ८ सिर्जनाचोकस्थित लक्ष्मी होटलबाट प्रकाउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जुवाडे जनही १ लाख ७५ हजार धरौतीमा छुटेका छन् । 

 

जुवाखालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष लालचनसहित घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन धरौटीमा छुटेका हुन् । 

 

अध्यक्ष लालचनसहित सात जनाले जनही २५ हजारको दरले धरौटी बुझाएर छुटेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

 

‘सात जनाले २५ हजारको दरले धरौटी बुझाएर छुट्नुभएको छ,’ ढकालले सुनगाभा न्यूजसँग भने ।
 

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई  ४ लाख ४७ हजार ८० रूपैयाँसहित भदौ ७ गते प्रकाउ गरेको थियो । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्